नियम ९
हकवाला मनोनीत गर्ने
(१) हकवाला मनोनीत गर्दा कम्तीमा दुई जना साक्षीको रोहवरमा लिखत तयार गरी गर्नु पर्नेछ र त्यस्तो लिखतमा मनोनीत गर्ने सदस्य र साक्षीहरूले सहीछाप समेत गरेको हुनुपर्नेछ ।
(२) उपनियम (१) बमोजिम हकवाला मनोनीत गर्ने सदस्यले एकभन्दा बढी शेयर नलिएको अवस्थामा एउटा व्यक्तिलाई मात्र हकवाला मनोनीत गर्न सक्नेछ ।
(३) कुनै सदस्यले उपनियम (२) को अधिनमा रही एकभन्दा बढी व्यक्तिहरूलाई हकवाला मनोनीत गरेकोमा त्यस्ता प्रत्येक व्यक्तिलाई हस्तान्तरण हुने शेयर र हकको
दामासाही स्पष्ट रूपले लिखतमा खुलाउनु पर्नेछ ।